९ भदौ २०८३, मंगलबार | August 25, 2026

लुम्बिनी कप महिला फुटबल : त्रिभुुवन आर्मीको बिजयी शुरुवात



नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा त्रिभुुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको छ । आज त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शुन्य गोल अन्तरले त्रिभुवन आर्मी बिजयी भएको हो । यो जित संगै त्रिभुवन आमीले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन । पहिलो हापमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो । यस्तै खेलको ५३ औ मिनेटको दोस्रो हापमा पनि अनिताले नै एक गोल गरिन । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरीन भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गरेको गोलले भित्रुवन आर्मीलाई ४ गोल दिलाउन सफल भयो ।

आजको खेलको म्यान अफ दि म्याच दुई पटक गोल गर्ने अनिता लम्जेल बन्न सफल भएकी छिन । खेलमा सुदुरपश्चिम टिमबाट खेलाडी सीता रोकाय र सिर्जना बरालले पहेलो कार्ड पाएका थिए । खेलमा प्रमुख रेफ्रिको भुमिकामा किर्ती सेन रहेका थिए । यस्तै सहायक रेफ्रिहरुमा अमर घले ,अनुपसिंह थारु र कृष्ण खत्री रहेका थिए । आज भएको खेलमा सुदुरपश्चिम र त्रिभुवन आर्मीको खेल निकै रोमान्चक बनेको थियो ।

प्रतियोगिताको एक समारोहकाबीच संघीयय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए । उदघाट्न गर्दे मन्त्री चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले भने ,“पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ । ”

कार्यक्रममा स्वागत मन्तब्य दिदै आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले प्रतियोगितामा पाएको साथ र समर्थनले खेलाडीहरुमा थप उर्जा थप्नेमा विश्स्त रहेको बताए । साथै उनँले सहयोगी संस्था ,निकाय तथा ब्यक्तिहरुलाई हार्दिक आभार ब्यक्त गरे । प्रतियोगिता सुरु हुनु अघि राष्ट्रिय गान र फिफा एन्थम प्रस्तुत गरीएको थियो । यस्तै खेलमा सक्रियता जनाएका साना खेलाडी भाइबहिनीहरुले हात समातेर मैदानमा लेगेका थिए भने कार्यक्रमका प्रमुख अतिथी मन्त्री चौधरीलेले प्रमुख रेफ्रि किर्ति सेनलाई फुटबल हस्तान्तरण गरेका थिए । प्रतियोगिता सुरु हुनभन्दा अगाडी प्रस्तुत गरीएका संगितले खेलाडी तथा दर्शकहरुलाई उत्साही बनाएको थियो ।

कार्यक्रममा नेपाली सेनाको प्रमुख सेनापति रबिन श्रेष्ठ ,मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्द ,नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल ,सचिव सुदान्शु कोइराला ,राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त खेलाडी ,तथा खेल क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : १२ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन