२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित



काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ । वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो । आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।

पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे । उनले समान तीनतीन चौका र छक्का प्रहार गरे । मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे । आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन् । आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो । सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे । उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो । कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे । अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चावलले चीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए । आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए । पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए । यो जिचपद्धि तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । १० अङ्क नै भएको दिल्ली क्यापिटल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : १४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३