२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : राजस्थान माथि लखनउको नाटकीय जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ । रोमाञ्चक खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो ।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो । साथै ७ विकेट सुरक्षित थियो । सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे । जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का सहित ७४ रन प्रहार गरे ।

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए । यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन् । उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए ।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ । राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ ।

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे । जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो । लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे । अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०१ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३