४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पामा जिप दुर्घटना हुँदा १८ वर्षिया युवतीको मृत्यु, १ जना घाइते



पाल्पा । पाल्पाको बगनासकालीमा भएको सवारी दुर्घटनाबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्‌जा कालिगण्डकी १ की अन्दाजी १७/१८ वर्षिया एलीसा सारु रहेको प्रहरीले जनाएको छ ।

आज साँझ अन्दाजी ८ बजेको समयमा पाल्पा बगनासकाली ४ मलेड स्थित भित्री कच्ची सडक खण्डमा तानसेनबाट भालेवास तर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिएको थियो । जिपमा सवार चालक सहित ९ जना सवार मध्य सारुको घटना स्थलमै मृत्यु भएको तथा सोही जिपमा सवार जिल्ला पाल्पा बगनासकाली ४ भालेबास निता दर्लामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइए‌को पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

प्रहरीका अनुसार चालक प्रहरीको नियन्त्रणमा रहेको तथा जिपमा सवार अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ । घटना सम्बन्धि थप अनुसन्न्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको