३१ असार २०८३, बुधबार | July 16, 2026

पाल्पामा जिप दुर्घटना हुँदा १८ वर्षिया युवतीको मृत्यु, १ जना घाइते



पाल्पा । पाल्पाको बगनासकालीमा भएको सवारी दुर्घटनाबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्‌जा कालिगण्डकी १ की अन्दाजी १७/१८ वर्षिया एलीसा सारु रहेको प्रहरीले जनाएको छ ।

आज साँझ अन्दाजी ८ बजेको समयमा पाल्पा बगनासकाली ४ मलेड स्थित भित्री कच्ची सडक खण्डमा तानसेनबाट भालेवास तर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिएको थियो । जिपमा सवार चालक सहित ९ जना सवार मध्य सारुको घटना स्थलमै मृत्यु भएको तथा सोही जिपमा सवार जिल्ला पाल्पा बगनासकाली ४ भालेबास निता दर्लामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइए‌को पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

प्रहरीका अनुसार चालक प्रहरीको नियन्त्रणमा रहेको तथा जिपमा सवार अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ । घटना सम्बन्धि थप अनुसन्न्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ५६ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही