१३ भदौ २०८३, शनिबार | August 29, 2026

आज पनि शिक्षक आन्दोलन जारी



काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत्र २० गते देखि आन्दोलनमा छन् ।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरुले आन्दोलन जारी राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

शिक्षा मन्त्री राजीनामासँगै शिक्षकहरुको मागहरु सम्बोधन हुन अझै असहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ४२ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ