११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जीलगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।

उपप्रधानमन्त्री नाह्यानले युएईका व्यवसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुईदिने भ्रमणका लागि मङ्गलबार काठमाडौँ आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०७ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट