२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन रुपन्देहीमा शनिबार हुँदै



बुटवल । रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन २०२५ हुने भएको छ । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बिएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ‘प्रथम ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५’ (ग्याष्ट्रो सम्मेलन) हुने भएको हो ।

तिलोत्तमा कोटिहवामा रहेका टाईगर प्यालेसमा बैशाख १३ गते शनिवार ग्याष्ट्रो सम्मेलन हुने भएको हो । सम्मेलनमा रुपन्देही, गुल्मी, पाल्पा, अघांखांची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाबाट एकसय भन्दाबढी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ग्याष्ट्रो सम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले विभिन्न विधामा आ–आफ्नो अनुभव, नयाँ प्रविधि र उपचार पद्धती, मन्थन तथा अन्तरक्रिया गर्ने कार्यक्रम संयोजक पेट, आन्द्रा, कलेजो तथा वरिष्ठ ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुसालले जानकारी दिए । पछिल्लो समयमा पेट तथा आन्द्रा, कलेजोसम्बन्धी भएका नयाँ अभ्यासहरु प्रयोगहरुका बारेमा जानकारी गराउने र चिकित्सकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यस क्षेत्रमै पहिलो पटक उत्त, कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. भुसालको भनाई छ ।

कार्यक्रममा नेपाल लगायत भारतका ख्याति प्राप्त पेट आन्द्रा तथा कलेजो रोग विषेशज्ञलगायत विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ । यस कार्यक्रममा चिकित्सकहरूसंगै कार्यक्रममा सहभागि हुन आउने महभागीहरुले हाल विश्वमा प्रचलनमा रहेको उपचार प्रणाली, नविनतम सीप र ज्ञानको आदान प्रदान गर्न र बुक्न पाउने बताइएको छ । साथै यस क्षेत्रना रहेका र कार्यक्रममा सहभागी भएका चिकित्सकमा पनि बिरामीको उपचारमा नयां प्रविधिको प्रयोग कसरी गर्ने भन्ने ज्ञान, सिप र दक्षताको वृद्धिसंगै उनीहरुले उत्साह र नयां अनुभव प्राप्त गर्ने जनाइएको छ ।

कार्यक्रममा विभिन्न विषय बिज्ञ (चिकित्सक) हरुको कार्यपत्र समेत प्रस्तुत हुने कार्यक्रम रहेको छ । रिसेन्ट एड्भान्स ईन लिभर ट्रन्सप्लान्टको बारेमा बिएलके म्याक्स हस्पटिलका डा. गौरव सुडले कलजोको प्रत्यारोपण तया यससंँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुने छ भने बरिष्ठ ग्याप्ट्रोलोजिष्ट डाक्टर संदिपराज कुवंरले पेट रोग हथा इण्डोस्कापी उपचार विधि बारे कार्यपत्र, वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले जनावरवाट फोक्सो तथा अन्य अंगहरुमा मर्ने रोग सम्बन्धि कार्यपत्र, वरिष्ठ रेडियोलोजिष्ट डाक्टर सोभित सिहले कलेजो सम्बन्धि रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग र मेवाका बारेमा कार्यपत्र, डाक्टर पुकार थापाले औषधी तथा नविनतम उपचार प्रविधिको बारेमा प्रस्तुतिकरण, डाक्टर मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारेमा कार्यपत्र प्रस्तुतीकरण, बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर रविन हमालले एक्यूट प्याडक्रियाटाइटिस र यसको समाधान पार विस्तृत कार्यपत्र प्रस्तुत कार्यक्रम छ ।

कार्यक्रमको उद्घाटन नेपाल चिकित्सक संघ लुम्विनी प्रदेश अध्यक्ष डा. कृष्ण खरेलले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई सम्पन्न गर्नको नागि लुम्बिनी ईन्टरनल मेडिसीन सोसाईटीले समेत समन्वय गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : १३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल