७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

आईपीएल : चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित



काठमाडौं । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा अहिलेसम्मकै पहिलो जित हात पारेको छ ।

शुक्रबार कामिन्डु मेन्डिस र हर्सल पटेलको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध पाँच विकेटले विजयी भएको हो । पहिलो पटक चेन्नईका लागि खेली रहेका डेवाल्ड ब्रेभिस र टोलीका कान्छा खेलाडी आयुष माथ्रेले भने राम्रो प्रदर्शन गरे ।

हैदरावादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । हैदरावादका इशान किसनले ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे ।

चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो । उसका लागि ब्रेभिसले ४२ तथा माथ्रेले ३० रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे । उनी प्लेयर अफ द म्याच बने । विजयी हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १४ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको