४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल सुपर लिग : उपाधिका लागि ललितपुर र पोखरा भिड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् । रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता ललितपुर सिटी र एफसीले पोखरा थन्डर्ससँग उपाधिका लागि भिड्नेछन् । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे । उनले भने, ‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं । फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’

पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए । ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे । उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए ।

ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए । ललितपुरले पहिलो क्वालिफायरमा र पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : १७ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म