२४ भदौ २०८३, बुधबार | September 9, 2026

ब्युटिसियन संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विष्णु थापा



बुटवल । नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलमा भएको अधिवेशनले विष्णु थापाको अध्यक्षतामा पुनः नयाँ प्रदेश समिति निर्वाचित गरेको छ । थापा प्रदेश समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

समितिको उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा सुनिता अर्याल, सहसचिवमा दुर्गा पंगेनी, कोषाध्यक्षमा अविना आचार्य, सहकोषाध्यक्षमा सिता आचार्य निर्विरोध निर्वाचित भएकान छन् । यस्तै सदस्यहरुमा रेनु कर्माचार्य (रुपन्देही), चित्रा पौडेल (कपिलबस्तु), सपना अर्याल (नवलपरासी) सरस्वती राजभण्डारी (पाल्पा) र सुनु राना (रुपन्देही) निर्वाचित भएको निर्वाचन संयोजक भानु ढुङ्गानाले जानकारी दिए ।

त्यसअघि अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलाको सीप र दक्षताका आधारमा उपमहानगरले योजना र कार्यक्रम बनाएको उल्लेख गर्दै ब्युटिसियन ब्यवसायप्रति आम मानिसको धारण सकारात्मक बन्नुले सीप प्रतिको सम्मान बढेको बताए । उनले सीप सिकेकाहरुलाई आत्मनिर्भर बन्न, स्वरोजगारसँगै स्वतन्त्रताको वातावरण सृजना गर्न ठुलो भुमिका खेल्ने भएकाले सीप र इलम सिकाउने कुरामा नगरपालिकाले योजनाबद्ध कार्यक्रमहरु ल्याउदै आएको जानकारी गराए ।

नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु थापाले महिला ब्युटिसियन सदस्यहरुको दक्षतावृद्धिसँगै ब्यवसायिक क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा ब्युटिसियन संघका केन्द्रीय निवर्तमान अध्यक्ष भगवती खड्का, माईक्रो डे«मा कम्पनीका प्रवन्ध निर्देशक भानु ढुंगाना, नेपाल ब्युटिसियन संघका बुटवल नगर अध्यक्ष मनु न्यौपानेलगायतले ब्युटिसियन ब्यवसाय स्वरोजगार ब्यवसाय बन्दै गएकाले धेरैको आर्थिकोपार्जनको स्रोतका रुपमा यो पेशा स्थापित भएको बताएका थिए ।

सो अवसरमा संघले एक दिने माइक्रो डे«मा फेसियल तालिम समेत गरेको संघका सचिव सुनिता अर्यालले जानकारी दिइन् । तालिममा झण्डै डेढसय जना महिला ब्युटिसियनको सहभागिता रहेको उनले बताइन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : ३७ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय