२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल-चीन बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने ऐतिहासिक अवसर : मुख्यमन्त्री आचार्य



लुम्बिनी । ऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन् । अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध शसक्त बनेको उनीहरुले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा शनिबारदेखि शुरु भएको नेपाल-चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै विज्ञहरुले बुद्ध कला, दर्शन र संस्कृतिले आधुनिक समयमा नेपाल चीन सम्बन्धलाई अझ मजबुद बनाएको बताए ।

गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ ।

‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो, उनले भने- ‘बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’ नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जिवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिए ।

चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताए । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बुद्ध दर्शनले नेपाल र चीनबीच प्राज्ञिक सम्बन्धलाई जोड्दै गइरहेको बताए । उनले बौद्ध शिक्षाका उच्चतहको अध्ययनमा चीनका विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच सम्बन्ध सहकार्य बढ्दै गएको बताए । ‘चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध शसक्त रुपमा अघि बढिरहेको छ, यो सेमिनार त्यसैको एउटा निरन्तरता हो, उनले भने । सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकताको उत्सव पनि रहेको उनले बताए ।

चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक प्राध्यापक क्वान वोइङले फाहियानको भ्रमणले नै बुद्धस्थल र ग्रन्थहरुको पहिचान गर्न सकेको बताउँदै लुम्बिनी र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए । संस्कृति आदान प्रदानमा अरनिकोको योगदान चीन भुल्न नसक्ने उनको भनाई थियो ।

चिनियाँ प्रोफेसर सोय युले चीन र नेपालबीचको सम्बन्ध परम्परादेखि नै रहेको बताए । ‘चीन नेपाल सम्बन्ध अहिलेको होइन, यो निकै मजबुद छ, उनले भने । चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छङ गाङ्गले बौद्ध दर्शनको कला संस्कृतिको प्रवद्र्धनमा चीन र नेपालले संयुक्त रुपमा काम गर्नुपर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो ।

सेमिनारमा दुई दिनमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत भइरहेको न्यौपानेको भनाई छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : ०९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि