२९ माघ २०८२, बिहिबार | February 12, 2026

नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो



काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त गर्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२ औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो ।

खेलको ६४ औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे ।

त्यसपछि खेलको ७४ औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।

ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंसँग २-२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३-२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २-१, बुटवलविरुद्ध २-० को जित र झापासँग १-१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो । यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २-१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो ।

पोखराले लिग चरणको सुरुआत चितवनसँग २-० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३-२ ले पराजित भयो । काठमाडौंमाथि २-० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १-१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २-० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३-० को जित निकाल्यो ।

दोस्रो क्वालिफायरमा धनगढीलाई १-० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ४४ बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति