२६ पुस २०८२, शनिबार | January 10, 2026

काठमाडौं महानगरपालिकामा आज शोक बिदा



काठमाडौं। तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो । पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।

उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भइसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ४८ बजे

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध

भोलिदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै