६ माघ २०८२, मंगलबार | January 20, 2026

शिक्षकहरुलाई पार्टीको सदस्यता त्याग्न पूर्व शिक्षामन्त्री सुमनाको आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरू माथी आज भएको दमनको बिरोध गरेकी छिन् ।

बिगत चैत २० देखी शान्तिपुर्ण आन्दोलनको क्रममा पहिलो पटक एक पत्रकारसहित ६३ जना शिक्षक घाइते हुने गरी भएको आन्दोलन प्रति एक्येबद्ता जनाउँदै श्रेष्ठले सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न शिक्षकहरुलार्ई अपिलसमेत गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा पहिले देशको व्यवस्था परिवर्तन गर्न शिक्षकहरूले विभिन्न काल खण्डमा योगदान दिएको स्मरण गर्दै शिक्षकहरु व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने अहिलेसम्म असफल देखिएको उल्लेख गरेकी छन् । सुमनाले अब यो संस्कार परिवर्तन गर्नशिक्षकहरू पनि सामेल हुन आग्रह पनि गरेकी छन् ।

‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा नेगोसियस गर्न सक्ने-तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्।’ उनले एक्समा लेखेकी छन् ।

उनले शिक्षकहरुलाई सत्य र न्यायको पक्ष उभिन पार्टीको सदस्यता त्याग्न आह्वान गरेकी छन् । ‘विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसि रहनुहुन्छ ?’ उनको शिक्षकहरुलाई प्रश्न रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४८ बजे

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको