९ भदौ २०८३, मंगलबार | August 25, 2026

शिक्षकहरुलाई पार्टीको सदस्यता त्याग्न पूर्व शिक्षामन्त्री सुमनाको आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरू माथी आज भएको दमनको बिरोध गरेकी छिन् ।

बिगत चैत २० देखी शान्तिपुर्ण आन्दोलनको क्रममा पहिलो पटक एक पत्रकारसहित ६३ जना शिक्षक घाइते हुने गरी भएको आन्दोलन प्रति एक्येबद्ता जनाउँदै श्रेष्ठले सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न शिक्षकहरुलार्ई अपिलसमेत गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा पहिले देशको व्यवस्था परिवर्तन गर्न शिक्षकहरूले विभिन्न काल खण्डमा योगदान दिएको स्मरण गर्दै शिक्षकहरु व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने अहिलेसम्म असफल देखिएको उल्लेख गरेकी छन् । सुमनाले अब यो संस्कार परिवर्तन गर्नशिक्षकहरू पनि सामेल हुन आग्रह पनि गरेकी छन् ।

‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा नेगोसियस गर्न सक्ने-तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्।’ उनले एक्समा लेखेकी छन् ।

उनले शिक्षकहरुलाई सत्य र न्यायको पक्ष उभिन पार्टीको सदस्यता त्याग्न आह्वान गरेकी छन् । ‘विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसि रहनुहुन्छ ?’ उनको शिक्षकहरुलाई प्रश्न रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३