२ श्रावण २०८३, शनिबार | July 18, 2026

शिक्षक महासंघको आरोप – सरकारी भिजिलान्तेले शान्तिपूर्ण आन्दोलन भड्काए

देशभरका शिक्षक कर्मचारीलाई काठमाडौं आउन आह्वान



शिक्षक महासंघको चेतावनी सरकारी भिजिलान्तेले शान्तिपूर्ण आन्दोलन भड्काए, थप सशक्त बनाउँछौं

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारद्वारा संरक्षित भिजिलान्तेहरू आन्दोलनमा प्रवेश गरी स्थिति भड्काएको आरोप लगाएको छ ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरी आफुहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारद्वारा संरक्षित मान्छेहरू प्रवेश गरी ढुंगामुढा गर्दै स्थिति भड्काएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ ।’

महासंले आइतबारको घटनामा ६२ जना शिक्षकहरु घाइते भएको र तीमध्ये झण्डै एकदर्जन शिक्षकको अवस्था गम्भीर रहेको पनि जनाएको छ ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि हिजो प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हानेको थियो। प्रदर्शनकारी शिक्षकहरुले पनि ढुंगामुढा गरेका थिए ।

महासंघले विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्किने पुनः उद्घोष गर्दै आन्दोलनलाई थप सशक्त बनाउन देशभरका शिक्षक कर्मचारीहरुलाई काठमाडौं आउन आह्वान गरेको छ ।

विद्यालय शिक्षा सुधारका विषय समेट्दै तत्काल शिक्षा ऐन पारित गर्नुपर्ने मागका साथ गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौंमा दैनिक प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारले भने कुनै चासो दिएको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ४२ बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ