३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पत्रकार महासंघ बाँकेको पहिलो क्यालेण्डर विमोचन, पत्रकारले गरे पत्रकार सुरक्षाको चिन्ता



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ । नेपालगन्जमा आज एक कार्यक्रमका बीच क्यालेण्डर विमोचन गरिएको हो । महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । महासंघको बाँके शाखाले पहिलोपटक क्यालेण्डर प्रकाशन गरेको छ ।

कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष चौलागाईले अहिले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गम्भीर चुनौती बनेको बताए । पत्रकाहरुले पनि आफ्नो पेशागत मर्यादालाई ख्याल गर्नुपर्ने देखिएको भन्दै उनले पत्रकारहरूलाई निष्पक्ष, निर्भिक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरे ।

शाखा अध्यक्ष गिरीले प्रेस स्वतन्त्रता र सुरक्षाको बिषयमा महासंघ गम्भीर रहेको बताए । उनले पत्रकारहरु पनि आफ्नो कर्मप्रति इमान्दार रहन आवश्यक रहेको बताए । पत्रकारहरुले स्वयम् आफ्नो र महासंघको गरिमा बढाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ । गिरीले छिट्टै महासंघको वेबसाइट पनि सार्वजनिक हुने जानकारी दिए ।

कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विष्णु बेलबासे, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष केपी घिमिरे, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज महिला पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

महासंघले क्यालेण्डर प्रकाशन गर्न उपाध्यक्ष शाहको संयोजकत्वमा सचिव कृष्ण ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरु कृष्ण अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहेको सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ४० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र