४ पुस २०८२, शुक्रबार | December 20, 2025

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो



कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षीय कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको हो ।

घरबाट हराएको भनेर उजुरी आएको ८ दिनपछि कुशलको गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीमा बालक हराएको भन्दै कुशलकि आमाले जाहेरी दिएकी थिइन् ।

प्रहरीका अनुसार आफ्नो बुवाको सानै उमेरमा मृत्यु भएपछि मृतक कुशल उनका दोस्रो बुवा र आमा सहित कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा भाडाको कोठामा बस्दै आएका थिए । स्थायी घर दैलेखको दुल्लु रहेका कुशलको आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसंग दोस्रो विहे गरेकी थिइन् ।

मृत अवस्थामा शव भेटिएसँगै प्रहरीलदे कुशलका आमा र दोस्रो बुवालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतक कुशल कोहलपुरमा माविमा अध्ययनरत थिए । घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको