४ पुस २०८२, शुक्रबार | December 19, 2025

गगन थापा विरुद्धको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा दायर भएको अदालतको अबहेलना सबन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनका आधारमा आजका लागि पेशी तोकिएको थियो । गत आइतबार सर्वोच्च प्रशासनले महामन्त्री थापाबिरूद्दको मुद्दा दर्ता गरेको हो।

गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथी प्रश्न उठाएका थिए ।

‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,” सम्बोधनमा थापाले भनेका थिए । सोही दिएको अभिब्यक्तिलाइ लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : २८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज