२० माघ २०८२, मंगलबार | February 4, 2026

बारामा लागूऔषधका साथ २ जना पक्राउ



रौतहट। भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्।

बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११ का २३ वर्षीय कार चालक नितिश कुमार ठाकुर र वीरगंज महानगरपालिका १६ का २६ वर्षीय सिद्वान्त प्रसाद पटेल रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएस्पी विजयराज पण्डितले बताएका छन्।

सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ईलाका प्रहरी कार्यालय अमलेखगंज अगाडि वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर विआर ०५ बिए ४८१७ को चेकजाँच गर्दा पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाईराखेको २ हजार ९६५ पत्ता० २९हजार, ६५ नशालु क्याप्सुल बरामद गरेको हो प्रवक्ता पण्डितले जानकारी दिएका छन्।

मंगलवार साँझ पक्राउ परेका दुवै जनालाई लागुऔषध र कार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा संचालित लागुऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

मकवानपुरको बिकट ठाउँमा उत्पादित लागुऔषध गाँजा, चरेस, अफिम, तस्करहरुले बिभिन्न चोर बाटो हुँदै भारतीय क्षेत्रमा पुर्याउने गर्दछन भने भारतमा उत्पादित नशालु ईन्जेक्सन, ट्याबलेट र सिरप राजधानी काठमाडौं सम्म पुर्याउने गर्दछन्। मधेश प्रदेशको ८ जिल्ला मध्ये सबै भन्दा बढी बारा प्रहरीले लागुऔषध नियन्त्रण तर्फ सक्रियता देखाउँदै यस आर्थिक बर्षको साउन देखी चैत मसान्तसम्म ९ महिनाको अवधिमा १०४ जना कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : २१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको