१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै राजतन्त्र कहिल्यै नफर्किने बताएका हुन् ।

“रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ”, उनेल भने, “त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ । यो काममा तपाईं, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । उनले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ३२ बजे

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले