२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह



सुनसरी  । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन् ।’

यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।

श्रमजिवि, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा बर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए ।

नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।

‘अहिलेको २१औं शताब्दीमा दास्ताको नारकिय जिवनमा धकेल्न पाईन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

साहले नेपालको उधोगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनले बताए ।

ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको ? भन्दै उनले सरकारसंग प्रश्न समेत गरेका छन् ।

यस्तै नेपालमा घरेलु कामदारको हकअधिकार सुनिश्चित नभएको बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनले बताए । यथाशिघ्र घरेलु कामदारको हितमा हुने गरी कानून निर्माण गर्नुपर्ने उनले बताए ।

आम ट्रेड युनियन फेडरेशनका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाको सहअध्यक्ष तिलक थापा, बिल्टू यादव, विजय यादव निर्विज ,जुरीलाल मोची,  लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ६ : ५५ बजे

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए

काठमाडौं । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

काठमाडौं ।सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको