११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : शीर्ष स्थानमा मुम्बई, सय रनले पराजित राजस्थान बाहिरियो



काठमाडौं । लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो । पराजित राजस्थान भने बाहिरिएको छ । जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो ।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो । राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे । राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो । मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे । उनले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । १२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उनलाई बोल्ड गरेका थिए । रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुके । यादव र पाण्डेले समान २३-२३ बलमा ४८-४८ रन जोडे ।

मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २५ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक