१२ पुस २०८२, शनिबार | December 27, 2025

आज आद्य शङ्कराचार्य जयन्ती मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ ९सन् ६८६० वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरू र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम् अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरूत्थानका लागि आद्य शङ्कराचार्यका रूपमा जन्म लिएको भन्ने विश्वास छ ।

वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले सुरू गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । १६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुनाकुनामा व्याख्या गर्दै हिँडेको पनि घिमिरेले बताए । यसै क्रममा उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारतवर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।

उनले स्थापना गरेका चार मठमा श्रृङगेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीनकालमा सबैतिर फैलिएको वैदिकs सनातन धर्म लुप्तप्रायः बनेको थियो ।

आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरूपमा आइपुगेकाले उनको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरूकुलमा पनि उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : ३८ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको