१ पुस २०८२, मंगलबार | December 16, 2025

कालीगण्डकी करिडोर : राहुघाट-तातोपानी १४ किलोमिटर कालोपत्र



म्याग्दी । बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत राहुघाट-तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

निर्माण कम्पनीका अनुसार राहुपारे-बैसरी-कुनौटा-बेगखोला-कालीओडार- तिप्ल्याङ-महभिर-भिरकाटे-घार बैसरी-रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो ।

चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनकोे २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो । हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज