काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो ।
यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ । शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो । २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन । नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो । गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले । साथै जोस बटलरले ३७ बला ६४ रन जोडे । साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए ।
हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए । गुजरातको १० खेलमा १४ अङ्क तथा हैदरावादको १० खेलमा ६ अङ्क छ ।
शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन् । रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमाछन् ।


















प्रतिक्रिया