१३ असार २०८३, शनिबार | June 28, 2026

चिकित्सकहरुले बाटाबाटामा एम्बुलेन्स राखेर अर्को मुलुकमा बिरामी पठाउँछन् भन्ने सुनेको छु : स्वास्थ्यमन्त्री पौडेल



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सकहरुले बाटाबाटामा एम्बुलेन्स राखेर सीमापारी बिरामी रिफर गर्नो गरेको आफुले सुनेको बताएका छन् । भेरी अस्पताल नेपालगन्जमा आज जलन कक्ष र सर्जिकल विङको उदघाटन गर्दै यस्तो बताएका हुन् ।

उनले चिकित्सक भगवानको अर्को स्वरुप भएको भन्दै अस्पताल आएका बिरामीलाई अन्यत्र रिफर नगर्न आग्रह गरे । साधान, श्रोत र जनशक्तिको हिसावले भेरी अस्पताल यो क्षेत्रकै उत्कृष्ट अस्पताल भएको दाबी गर्दै भेरीबाट अन्यत्र रिफर गर्न आवश्यक नरहेको बताए ।

भेरी अस्पतालको सेवाले संघीय सरकारको उपस्थितिलाई उजागर गरेको उल्लेख गर्दै मन्त्री पौडेलले । लुम्बिनीमा पहिलो मृगौला प्रत्यारोपण गरेर भेरीले इतिहास रचेको बताए । उनले छिट्टै महिनामा दुईपटक मृगौला प्रत्यारोपण गर्ने व्यवस्था गरिने आश्वासन दिए । मन्त्री पौडेलले भेरी अस्पताललाई क्यान्सर बाहेक सबै रोगको उपचारमा बिशिष्टकृत अस्पताल बनाउने योजना सुनाउँदै आगामी ओएनएम स्वीकृत गर्दा दक्ष जनशक्ति विकास गरिने बताए । उनले सरकारसंग पूर्वाधार विकास गर्ने क्षमता नभएको जनाउँदै न्युनतम आवश्यकता मात्र पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भेरी अस्पतालको फार्मेसीले अघिल्लो वर्षको तुलनामा दोब्बर आम्दानी गरेको बताउँदै अस्पताल फार्मेसीले औषधी छैन भन्नू गैरकानुनी भएको बताए । पौडेलले ल्याव र फार्मेसीमा अनियमितता हुने गरेको गुनासो आउने गरेको बताउँदै फार्मेसीमा हालै लागेको आगलागीको निश्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए । ‘अस्पतालमा नबिग्रेको उपकरण बिग्रन्छन्, भएको ओखती छैन भनिन्छ, ड्युटी आवरमै क्लिनिक जान्छन् भन्ने पनि सुनिन्छ,’ उनले भने, ‘त्यस्तो कार्य गर्नु सबै हिसावले अनुपयुक्त हो, गर्नु हुँदैन ।’

बीमा वापत अस्पतालले पाउनु पर्ने सम्पूर्ण रकम यसै आर्थिक वर्षमा भुक्तानी हुने उनले बताए । ‘एक दुईदिनमा २५ प्रतिशत रकम आउँछ, यसै आवमा सबै रकम फरफारक हुन्छ,’ उनले भने, ‘बीमा बापत आएको रकमको १० प्रतिशत सेवा विस्तारमा लगाउन आग्रह गर्दछु ।’ उनले बीमालाई राज्यको कर प्रणाली र आम्दानीसँग जोड्नु पर्नेमा जोड दिए । समाजिक सुरक्षा, संचयकोष जस्ता संस्थाले बीमामा योगदान गर्न जरूरी रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा. विकास देवकोटाले भेरी अस्पतालले गरेको प्रगतिको प्रशंसा गरे । उनले अस्पतालले प्रस्ताव गरेको कार्यक्रमहरुमा मन्त्रालय सधैं सकारात्मक रहेको बताउँदै राज्यको क्ष्मता अनुसार अस्पतालका आवश्यकताहरु क्रमशः पूरा हुँदै जाने बताए ।

मनत्री सहितको टिमलाई अस्पतालमा स्वागत गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा( निराजन सुबेदीले भेरी अस्पताल बीमाकै कारण १२ करोड ऋणमा रहेको र बीमा बापत बाट १६ करोड पाउनु पर्ने अवस्थामा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट