१८ भदौ २०८३, बिहिबार | September 3, 2026

संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाअध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

यसअघि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ । उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ । यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने प्रबन्ध गरिएको छ ।

परिषद्को बैठकमा सबै सदस्य उपस्थित नभएमा निर्णय गर्न दफा ७ को व्यवस्था गरिएको छ । मन्त्री गुरुङले विधेयकलाई प्रक्रियामा लगेर व्यापक छलफल गरी चाँडो टुङ्ग्याउन अनुरोध पनि गरे ।

उक्त विधेयक प्रतिनिधिसभमा उत्पत्ति भएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारितभएपछि राष्ट्रियसभामा पेस भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा वेदुराम भुसालले विधेयकमा परिषद्को गणपूरक सङ्ख्या कति हुने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताए । उनले यस विषयलाई समितिमा लगेर सरकारकोतर्फबाट छलफल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

सांसद मृगेन्द्रसिंह यादवले विधेयकका विषयमा समितिमा लगेर बृहत् छलफल गर्नुपर्ने भनाइ व्यक्त गरे। सांसद मायाप्रसाद शर्माले केही विषयहरु अस्पष्ट भएकाले समितिमा नै पठाएर छलफल गरे सार्थक हुने बताए ।

सांसद गङ्गाकुमारी बेलवासेले प्रतिनिधिसभाले छलफल गरेको विषयवस्तु सार्थक भएको तर ५० प्रतिशत भन्ने विषयवस्तुलाई अझ बृहत् छलफल गर्न आवश्यक रहेको बताए ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिबाट प्राप्त सन्देशहरु सभासमक्ष टेबुुल गरे ।

 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ५८ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा