११ माघ २०८२, आइतबार | January 25, 2026

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु



महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जीनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम जानकारी दिए ।

“एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।” उनले भने, “बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।” उनका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ ।

भारतीय पक्षले बन्दरगाह निमार्णका लागि रु दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेकोे छ । सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।

बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : २३ बजे

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च