१ मंसिर २०८३, मंगलबार | November 18, 2026

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास


२६ माघ २०७९, बिहिबार  

312
Shares

दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ ।

निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका नाथुराम रानाले बताए । उनले तरकारी जोगाउन बारीमा जाग्राम बस्न बाध्य भएको बताए ।

विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाए । “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन् ।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए । “जङ्गलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उनले भने, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो ।”

रानाले १५ कठ्ठामा खेती गर्दै आएका छन । “तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु”, उनले भने, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताए । “यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ”, उनले भने, “अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ ।”

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताए । “खेती जोगाउन खेतमा बास बस्नपर्ने बाध्यता छ । निकुञ्जले तारजाली लगाए पनि वन्यजन्तु आउन छाडेका छैनन्”, उनले भने, “खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्नपर्छ ।” डेढ दशकदेखि तरकारी खेती गर्दै आएका यहाँका किसानले भारतबाट आयात गरिने तरकारी चुनौती बनेको बताए ।

“भारतबाट ल्याइने तरकारीमा विषादी हुन्छ, हामी प्राङ्गारिक मलको प्रयोग गर्छौँ”, उनले भने, “भारतबाट ल्याउँदा हाम्रो तरकारी बिक्री गर्न समस्या हुने गरेको छ ।”

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : १४ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा