१२ असार २०८३, शुक्रबार | June 27, 2026

पच्चीस वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी



काठमाडौँ । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ देखि सन् २०२३ सम्म ७८ प्रतिशतले घटेको पाइएको हो । “बाल स्वास्थ्य कार्यक्रमले नै सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ जना प्रतिहजार जीवित जन्मबाट २६ जनाभन्दा बढीमा घटाउन सफल भयो”, गौतमले भने, “यो सरकारको ठूलो सफलता हो । अब हामी दिगो विकास लक्ष्यले तय गरेअनुसार मृत्युदर घटाउँदै छौँ ।”

सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ । यस्तै, बाल स्वास्थ्य कार्यक्रमले नै शिशु मृत्युदर पनि घटेको छ । सन् १९९६ मा ७८ जना प्रतिहजार जीवित जन्मिने गरेकामा सन् २०२३ मा त्यो घटेर २३ जनामा पुगेको छ । यस्तै, नवजात शिशु मृत्युदरमा पनि कमी आएको छ । नवजात शिशु मृत्युदर ५० जना प्रतिहजार जीवित जन्मबाट १६ जनाभन्दा बढी घटाउन सफल भएको बाल स्वास्थ्य शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

नेपालमा पहिलो सन् १९७७ मा बाल बचाउ कार्यक्रमका रूपमा राष्ट्रिय खोप कार्यक्रम सुरु गरिएको थियो । हाल जन्मेदेखि पाँच वर्षमुनिकासम्म विभिन्न नौ प्रकारका खोप कार्यक्रम सञ्चालित छन् । खोप कार्यक्रमले विभिन्न रोगको नियन्त्रण र रोकथाममा महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

डा गौतमका अनुसार बाल्यवस्थामा हुने रोगको रोकथाम र नियन्त्रण गरेर बाल मृत्युदर घटाउने यात्राको सुरुआत सन् १९८३ देखि झाडापखाला र सन् १९८७ देखि श्वासप्रश्वास रोगमा केन्द्रित गरिएको थियो । नेपालमा सन् १९९७ देखि समुदायमा आधारित बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम महोत्तरीबाट परीक्षणका रूपमा सुरु गरी सन् १९९९ बाट राष्ट्रियस्तरमा विस्तार गरिएको थियो ।

उक्त कार्यक्रमले नवजात शिशुको मृत्युदरमा प्रगति हासिल गर्न नसकिएपछि सन् २००९ देखि समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रम लागू गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

सन् २०१६ मा स्वास्थ्य संस्थामा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम प्याकेज र निःशुल्क नवजात शिशु हेरचाह कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : ३२ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३