४ श्रावण २०८३, सोमबार | July 20, 2026

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो



भोजपुर । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो ।

उपचारकै क्रममा रहनुभएका भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । जसमा गम्भीर घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

बस दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटा साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : २५ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री