१८ चैत्र २०८२, बुधबार | April 1, 2026

४० लाख नगदसहित बिशालबजारवाट रुपन्देहीका ढकाल सहित २ हुन्डी कारोबारी पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

उनीहरूको साथबाट ४० लाख ३२ हजार ५०० रुपैयाँ रकम बरामद भएको बोहराले बताए। ‘हुन्डी कारोबारका लागि रकम दुरुपयोग भइरहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ,’ बोहराले भने।

उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, चेकहरू १९ थान र पासबुक ११ थान बरामद भएको छ।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्। ‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ बोहराले भने।

हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्। यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : १४ बजे

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र