३ श्रावण २०८३, आइतबार | July 20, 2026

रेमिट्यान्स घट्नुको मुख्य कारण – हुन्डीको कारोबार



काठमाडौं । बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोबारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७-७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो ।

गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ । आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ४२ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग