२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालगन्जमा सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो तला उदघाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा संचालनमा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र को नवनिर्मित तेस्रो तलाको उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बीच सेवा केन्द्रको उदघाटन गरे ।

वडा नम्बर २ सुनार मण्डीस्थित कार्यालय भवनमा नवनिर्मित तेस्रो तला उद्घाटन गर्दै नगर प्रमुख विष्टले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले सचेतना प्रबद्र्धनमा उल्लेखनीय भूमिका खेलिरहेको बताए । उनले नवनिर्मित तेस्रो तलाको फिनिसिंगमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको उदघाटन समारोहमा सेवा केन्द्रको तेस्रो तला निर्माण तथा क्यालेण्डर (भित्तेपात्रो) प्रकाशनमा सहयोग गरेका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । दाता तथा केन्द्रमा योगदान दिनेहरुलाई नगर प्रमुख विष्ट लगायत अन्य अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा नयाँ सरुवा भएर बाँके आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरलाई स्वागत सम्मान तथा उनीबाट समेत भवनको उदघाटन गरिने कार्यक्रम राखिएपनि कार्यव्यस्तता भन्दै घर्ती कार्यक्रममा आएनन् ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष सुनिल सिंह हमाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग बाणिज्य संघका एसोसियट सदस्य कमल कार्की, सम्मानित ब्यक्तित्वहरु मध्येबाट सेवा केन्द्रका कानुनी सल्लाहकार विरेन्द्र बस्नेत, शक्ति समूहकी लुम्बिनी संयोजक निर्मला पौडेल लगायतले केन्द्रको थप प्रगतिको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ८ : ४६ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको