२४ भदौ २०८३, बुधबार | September 9, 2026

स्वर्गद्धारी सवदाह गृहको जिर्णोद्धार धमाधम



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ स्थित स्वर्गद्धारी घाटमा रहेको सवदाहगृहको जिर्णोद्धारको काम तिव्र पारिएको छ । निर्माण व्यवसायीसँग शुक्रबार सम्झौता गरे लगत्तै जिर्णोद्वारको कामलाई तिब्र पारिएको हो ।

सवदाहगृहका मेसिनहरु काम गर्न लायक नभएपछि लामो सयदेखी उक्त सवदाहगृह सचांलन हुन सकेको थिएन । जसका कारण सव जलाउनमा समस्या भएको थियो । सामान्य मर्मतले काम नचल्ने अवस्थामा रहेका कारण निमार्णमा ढिलाई भएको थियो ।

छिट्टैनै सवदाहगृह सचांलनमा ल्याईने तयारी भैरहेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । मर्मत एवं जिर्णेउदारकालागी युरोटेक नेपाल प्रालिसगं सम्झौता भएको हो ।

नगर प्रमुख खाँले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन । निमार्ण कम्पनीले सम्झौता लगत्तै काम सुरु गरेको हो । निर्माण कम्पनिका संचालक पशुपति आचार्यले समयमै गुणस्तरीय रुपमा काम सक्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ३८ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु