भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ स्थित स्वर्गद्धारी घाटमा रहेको सवदाहगृहको जिर्णोद्धारको काम तिव्र पारिएको छ । निर्माण व्यवसायीसँग शुक्रबार सम्झौता गरे लगत्तै जिर्णोद्वारको कामलाई तिब्र पारिएको हो ।
सवदाहगृहका मेसिनहरु काम गर्न लायक नभएपछि लामो सयदेखी उक्त सवदाहगृह सचांलन हुन सकेको थिएन । जसका कारण सव जलाउनमा समस्या भएको थियो । सामान्य मर्मतले काम नचल्ने अवस्थामा रहेका कारण निमार्णमा ढिलाई भएको थियो ।
छिट्टैनै सवदाहगृह सचांलनमा ल्याईने तयारी भैरहेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । मर्मत एवं जिर्णेउदारकालागी युरोटेक नेपाल प्रालिसगं सम्झौता भएको हो ।
नगर प्रमुख खाँले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन । निमार्ण कम्पनीले सम्झौता लगत्तै काम सुरु गरेको हो । निर्माण कम्पनिका संचालक पशुपति आचार्यले समयमै गुणस्तरीय रुपमा काम सक्ने प्रतिबद्धता जनाए ।


















प्रतिक्रिया