१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

जनयुद्धकालका यौनहिँसामा आधारित बृत्तचित्र ‘देवी’ नेपालगन्जमा प्रदर्शन गरिँदै

सत्यघटनाका मुल पात्र देवी खड्कासँग अन्तरक्रिया गरिने



नेपालगन्ज । जनयुद्धकालमा भएको यौनहिंसामा आधारित बनेको वृत्तचित्र देवीको नेपालगन्जमा विशेष प्रदर्शन गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चलन गरेको जनयुद्धमा होमिएकी विद्रोही योद्धा देवी खड्काको जीवनीमा आधारित रहेर बनाइएको वृत्तचित्र यही बैशाख २८ गते आइतबार नेपालगन्जमा प्रदर्शन गरिने भएको हो । नेपालगञ्जको क्यू एफ एक्स हलमा विशेष प्रदर्शन गरिने आयोजन अपराजित फाउन्डेसनले जनाएको छ ।

हाल नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य समेत रहेकी नेतृ देवी खड्काले जनयुद्धका समयमा भएका गम्भिर मानव अधिकार उलङ्घनका घटनाका पीडकहरू लाई उन्मुक्ति दिन नहुने बताउँदै द्वन्द्वकालका यौन हिंसा गर्नेहरू अझैपनि राज्यसत्ताको वरिपरि रहेकाले आफूले न्यायका लागी दवाव दिन यस्तो अभियान सुरु गरेको बताइन । जनयुद्धका समयमा महिलामाथि भएको बर्बर हिंसा बारे जानकारी लिन तथा न्यायका लागी दवाव सृजना गर्न अभियान सुरु गरेको बताउँदै उक्त वृत्तचित्र एक पटक हेरिदिन समेत उनले सञ्चारकर्मी , राजनैतिक दलका नेता , जनप्रतिनिधि , प्रहरी प्रशासन , विद्यार्थी , कानुन व्यवसायी , अधिकारकर्मी लगायत सबै लाई आग्रह गरेकी छन ।

फाउन्डेसनका सदस्य तथा द्वन्द्व पिडीतहरुको न्यायका लागी लड्दै आएका भागिराम चौधरीका अनुसार नेपालगन्जको पुरानो बागेश्वरी हालको क्यू एफ एक्स हलमा दिउसो ३ बजे देखि निशुल्क प्रदर्शन गरिने छ । झण्डै १ घन्टा ३० मिनेट लामो उक्त वृत्तचित्र को निर्देशन सुबिना श्रेष्ठले गरेकी छन् । वृत्तचित्र प्रदर्शन पछि हलमै अभियन्ता देवी खड्का र निर्देशक श्रेष्ठको उपस्थितीमा एक अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ५९ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार