२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिङ्गदेनले मुआब्जा वितरणमा अनियमितता भएको सङ्केत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरे । “रु ४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो ? उद्घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन ? यस विषयले संसद्मा प्रवेश गरेको छ”, उनले भने,“यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ । सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ ।”

अध्यक्ष लिङ्गदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए । श्रम, मेनपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए ।

यसअघि अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटकपटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताए । उनले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब रु ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताए ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गरे । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवावासीका लागि विमानस्थलमा भएको भ्रष्टाचारभन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताए । उनले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नका लागि भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकिर गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : ०६ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै