२७ बैशाख २०८३, आइतबार | May 11, 2026

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग



काठमाडौं । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौं-रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा सोमबार मुगुको सल्लेरीमा गरिएको अन्तक्र्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकामा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए । उनले तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले उत्कृष्ट गन्तव्य रारा संरचनागत रूपमा धेरै विकास भइसकेको बताए । नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताए ।

रारा इको-टुरिज्म र चलचित्र छायाङ्कन लागि उत्कृष्ट गन्तव्य भएकाले विश्वभरका पर्यटकलाई रारा लैजान पहल गर्नुपर्नेमा निर्देशक ऐरको जोड छ । टीवानका अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भएता पनि सङ्घ तयार रहेको बताए । उनले सडक छेउका होटल व्यवस्थित गर्न र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक भएको बताए ।

काठमाडौं-रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यल नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)का २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको हो । उक्त टोलीम बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता थियो ।

नेपाल पर्यटन बोर्डले काठमाडौं-रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता र यससँग सम्बन्धित पूर्वाधार विकासमा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ । साथै, रारा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि होटल स्तरोन्नति, स्थानीय जनशक्ति तालिम, पर्यटक सेवा सुधार तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारलाई प्राथमिकताका साथ अघि बढाइने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : ३६ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको