१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजङ्ग सिंहको निधन



नेपालगन्ज । वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजङ्ग सिंहको निधन भएको छ । न्युरो अस्पताल नेपालगन्जमा  उपचारका क्रममा उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका सिंहलाई भारतको लखनउबाट उपचार गरेर हिजो मात्र नेपालगन्ज ल्याइएको थियो । अधिवक्ता प्रल्हादबहादुर कार्कीका अनुसार मधुमेह, उच्चरक्तचापको दिर्घ रोगसँग लडिरहेका सिंहलाई पछिल्लो पटक कानको शल्यक्रिया गरेपछि स्वास्थ्य कमजोर हुँदै गएको थियो ।

खरो विचारको परिचय बनाएका सिंहलाई जनयुद्धकालमा तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरि चरम यातना दिएको थियो । द्वद्वकालमा माओवादी निकट रहेर माओवादीहरुलाई सघाएका सिंह पछिल्लो समयभने राजनीतिबाट टाढा देखिन्थे । सामाजिक सेवा र ब्रम्हकुमारी धार्मिक कार्यमा सक्रिय सिंह नेपालगन्जका पुराना अधिवक्ता मध्यका एक हुन् । उनी रुकुमबाट बसाई सरेर नेपालगन्ज आएका हुन् ।

सिंहको परिवारका सदस्य नेपालगन्ज बाहिर रहेकाले आज उनको पार्थिव शरिरलाई घरमै राखिने र सम्भवत भोलि दाहसंस्कार गरिने अधिवक्ता कार्कीले जानकारी दिए ।

अधिवक्ता सिंहको श्रीमती र ३ छोरा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : १८ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई