२ श्रावण २०८३, शनिबार | July 18, 2026

दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ



जुबा । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९ हजार ६१५ जना शरणार्थीहरू बसोबास गरिरहेका छन् । ती सबैजना देशभरका २९ स्थानहरूमा रहेका छन् ।

उक्त प्रतिवेदनमा पाँच लाख ५५ हजार ८१४ जना व्यक्ति औपचारिक रूपमा दर्ता गरिएका शरणार्थीको रूपमा रहेका छन् भने तीन हजार ८०१ जना व्यक्ति अझै शरणको खोजीमा छन् ।

शरणार्थीहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या छिमेकी देश सुडानबाट आएका छन्, जसको संख्या पाँच लाख २७ हजार ९५१ रहेको छ । त्यसपछि कङ्गो, इथियोपिया, इरिट्रिया, र मध्य अफ्रिकी गणराज्यलगायतका अन्य देशका नागरिकहरू रहेका छन् ।

शरण खोज्ने व्यक्तिहरूको विवरण अनुसार, ३५ दशमलव एक प्रतिशत इरिट्रियाली र ३४ प्रतिशत इथियोपियाली नागरिक छन् । त्यस्तै, युगान्डा, बुरुन्डी र कङ्गोका नागरिकहरू पनि उल्लेखनीय सङ्ख्यामा सङ्ख्यामा रहेका छन् ।

सुडानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रभावित व्यक्तिहरू ज्यान जोगाउँदै भाग्न बाध्य भएका छन् । उनीहरूलाई दक्षिण सुडानले अस्थायी रूपमा शरण दिँदै आएको छ ।

प्रतिवेदनअनुसार ती शरणार्थीहरूमध्ये ५१ प्रतिशत महिला छन् भने कूल ७८ प्रतिशत महिला र बालबालिका रहेका छन्, जसले महिला तथा बालमैत्री सेवा तथा सुरक्षाको विशेष आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ०० बजे

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको