११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित



काठमाडौं । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गरेका थिए ।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कनलगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास गरिएको छ । स्टुडियो निर्माणका लागि झन्डै रु ३७ करोड लागत अनुमान गरिएको छ ।

अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको प्रतिक्रिया दिए । आफू विसं २०२२ मा एउटा चलचित्र छायाङ्कनका लागि नेपाल बाहिर जानुपर्ने अवस्थालाई स्मरण गर्दै उहाँले आगामी दिनमा प्रविधियुक्त स्टुडियो निर्माण गरेर विदेशी चलचित्रकर्मीलाई आकर्षित गर्नुपर्ने बताए ।

“ढिलै भए पनि हामीले स्टुडियो बनाउने उद्घोष गरेका छौँ । यो एउटा नयाँ युगको सुरुआत हो । यसबाट हामीले आफ्ना नवीनतम् कामलाई सुरुआत गर्न सक्छौँ”, अभिनेता शाहले भने । उनले सरोकारवाला निकायले उत्तरदायी भूमिका निर्वाह गरेकै कारण स्टुडियो निर्माण प्रारम्भ भएको बताउँदै समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले स्टुडियोले चलचित्रकर्मीको कामलाई सहज बनाउने विश्वास व्यक्त गरे । “हामीले प्राविधिक सहायताले धेरै काम गर्न सक्छौँ । स्टुडियो समयमै निर्माण भएर चलचित्रकर्मीले उपयोग गर्न पाएमा यसबाट हामीले नयाँ किसिमको चलचित्र निर्माणसँगै अन्य धेरै फाइदा लिन सक्छौँ । यो हामी चलचित्रकर्मीका लागि सुखद समाचार हो”, उनले भने ।

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले स्टुडियो बन्ने खबरले चलचित्रकर्मीहरू उत्साहित भएको बताए ।

“यो राम्रो कामको सुरुआत हो । हामीले केही गरेनौँभन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो । समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ”, अभिनेता गिरीले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताए । “चलचित्र क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ । यसले नेपाली चलचित्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त छौँ”, अध्यक्ष डिसीले भने ।

कार्यक्रममा मिलन चाम्स, दीपाश्री निरौला, निर्मल शर्मा, अर्जुनकुमार, सिताराम कट्टेल, जीतु नेपाल, वसुन्धरा भुसाललगायत कलाकर्मी उपस्थित थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ०८ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र