काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।
लामिछानेलाई गैरकानूनी थुनामा राखेको भन्दै उनकी श्रीमती निकिता पौडेलले गत वैशाख ७ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । तर, सो रिट वैशाख ८, वैशाख २८ र वैशाख ३० गते पेसी चढे पनि निरन्तर हेर्न नमिल्नेमा परेको थियो । वैशाख ९ गते भने न्यायाधीस अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।



















प्रतिक्रिया