२४ भदौ २०८३, बुधबार | September 9, 2026

२४ औं स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग



बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २५ हजार रुपैया बराबरको खाद्यान्न र नगद ५ हजार रुपैया हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा क्लबका एजी जिवन अर्यालले बालगृहको पूर्वाधारमा सरकारबाट आवश्यक सहयोग भएपनि ब्यवस्थापनमा कठिनाई रहेको विषयमा यसअघि ज्ञान नरहेको भन्दै आगामी दिनमा सबैको सहयोग जुटाउन लाग्न सुझाव दिए । आफै क्षेत्रमा रहेको कार्यक्रममा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपाल ज्ञवालीले बालमन्दिर देशकै दोस्रो ठुलो धनि संस्थाका रुपमा पहिचान बनाएको भएपनि आश्रित बालबालिकाहरुलाई ब्यवस्थापनमा धेरै कठिनाई रहेको बताए ।

विसं २०५९ सालदेखि द्धन्द्धकालमा घर छोड्न बाध्य रहेका परिवारका बालबालिकाहरुलाई आश्रय दिएको ईतिहास भएको उनले बताए । काठमाडौं नक्सालमा मुख्य कार्यालयसहित देशका १० स्थानमा बालगृहका शाखाहरु रहेको उनले बताए । कतिपय बालबालिकाहरु पुर्नस्थापित भएको उनले बताए । कक्षा १२ सम्म पढ्न ब्यवस्था गरिदिने र त्यसपछि उनिहरुलाई समाजमा आयआर्जनमा जोड्ने काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले आगामी दिनमा रोटरीको सहकार्यमा शैक्षिक सामाग्री, स्वास्थ्य शिविर, न्यानो कपडा र छात्रवृत्ति प्रदानका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले स्थापना दिवस कपिलवस्तुमा पर्यटन प्रवद्र्धनका लागि फेलासिप कार्यक्रमसंगै सामाजिक क्षेत्रमा रहेर बालगृहमा सहयोग गरेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  २ : २४ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय