१६ बैशाख २०८३, बुधबार | April 29, 2026

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’



काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।

उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।

त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ८ : २५ बजे

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न