४ पुस २०८२, शुक्रबार | December 20, 2025

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्



काठमाडौं । हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु¥याउन सक्छ । तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन् ।

मनतातो नरिवलको तेलः नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २-३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस् । यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ ।

जैतुनको तेलः राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस् । यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोइश्चराइजसमेत गर्दछ ।

हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रणः हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस् । २-३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस् । हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस् ।

नुन र मनतातो पानीः तातो पानीमा एक चम्चा नुन घोल्नु होस् । कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस् । यो सस्तो र सरल समाधानले कानको कोमल सफाईमा मद्दत गर्दछ ।

बाफ लिनेः तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् । यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको