८ माघ २०८२, बिहिबार | January 22, 2026

हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च



हङकङ । कोरोनाका कारण विश्वभर आतंक मच्चाएपछि अब फेरि नयाँ कोरोनाले प्रवेश गरेको छ । एसियाको हङकङ र सिङ्गापुरमा कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

सघन जनसंख्या भएको हङकङ र सिङ्गापुरका स्वास्थ्य अधिकारीहरूले एसियामा कोभिड-१९ को लहरको पुनरुत्थानका कारण कोभिड-१९ का केसहरू तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन् ।

हङकङमा भाइरसको प्रकोप निकै उच्च रहेको सहरको स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाका प्रमुख अल्बर्ट एउले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार कोभिड-१९ को पोजिटिभ केसको प्रतिशत एक वर्षकै अहिले उच्च पुगेको बताए । केन्द्रको तथ्याङ्कले मे १३ सम्मको हप्तामा ३१ गम्भीर घटनाहरू रिपोर्ट गरिएको देखाएको छ, जुन गत वर्षकै उच्च हो ।

तथ्याङ्कले मृत्युसहित गम्भीर केसहरूमा चिन्ताजनक वृद्धि देखाएको छ । जुन लगभग एक वर्षमा चरम बिन्दुमा पुगेको छ । तर, संक्रमणको यो संख्या पछिल्लो दुई वर्षमा देखिएको संक्रमणको चरमसँग भने मेल खाँदैन । यो भाइरस सम्बन्धी रोगका कारण ७० लाखभन्दा बढी मानिस अस्पतालमा भर्ना भएका थिए ।

तर, नयाँ बिकसित कोरोना–१९ का कारण सिंगापुर अहिले उच्च सतर्कतामा छ। स्वास्थ्य मन्त्रालयले यस महिना लगभग एक वर्षमा संक्रमण संख्यामा पहिलो अपडेट जारी गरेको हो । गत मे १३ सम्मको हप्तामा केसहरूको अनुमानित संख्या अघिल्लो सात दिनको तुलनामा २८ प्रतिशतले बढेर १४ हजार २०० पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : १८ बजे

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा