४ श्रावण २०८३, सोमबार | July 20, 2026

लामो अन्तरालमा नेपालगन्जमा मुशायरा, वाहाss वाहाssमा गुन्जियो ‘महफिल’



नेपालगन्ज । सायरहरुको शहरका रुपमा पनि परिचय बनाएको नेपालगन्जमा लामो समयको अन्तरालमा सायरहरुको जमघट मुशायरा आयोजन गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको मुशायरामा लामो सयमदेखि मेहेफिलमा जम्न नपाएका सायरहरुले जमेर गजल पस्के । अनुरागीहरुको वाहा वाहा वाहामा गुन्जिएको मुशायरामा जव,
जिन्दगी और साथ थोडा दे
देश अपना हमे बनाना है ….
भन्दै शौक साहवले गजल सुनाए, हल वाहाss वाहाss ले गुन्जायमान भयो । जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले आफूभन्दा पाँच दशक कान्छा गजलकार लक्ष्मण सँगमसेत सहभागी मुशायरामा गजलको यो शेर सुनाउँदा हल तालीले गुन्जियो ।

नेपालगन्जमा लामो समयपछि शुक्रबार मुशायरा आयोजना गरिएको थियो । नेपालगन्जका उर्दुभाषी शायरहरु एवं नेपाली भाषी चर्चित गजलकारहरु एकसाथ मुशायरामा प्रस्तुत भएका थिए । नेपलगन्जमा यस्तो मुशायरा करिब एक दशकपछि भएको हो । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको उक्त मुशायरामा ११ जना शायर तथा गजलकारहरुले आफ्‌ना छानिएका रचनाहरु सुनाए ।

नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, चिकित्सक तथा अन्य पेशाकर्मीहरुले लामो समयपछि शहरमा मुशायराको आनन्द लिन पाइएको भन्दै खुसी व्यक्त गरे ।

मुशायरामा शौक नेपालीसँगै उर्दुभाषी शायरहरु शैयद नेपाली, मुस्तफा अहसन कुरैसी, जमिल हाशमी, अन्सर नेपाली, सर्वर नेपाली र मो. आरिफ अन्सारीले आफ्‌ना उत्कृट गजलहरु सुनाए । यसैगरी डा. निरज भट्टराई, हुकुम धड्कन र लक्ष्मण सँगमले नेपाली भाषामा र सविन एकतारेले नेपाली तथा अवधी भाषमा गजल सुनाए । हुकुम, अन्सर र शैयदले गायनमा पनि गजल सुनाएका थिए ।

कार्यक्रममा साहित्यिक कार्यक्रममा विरलै सहभागी हुने व्यक्तिहरु पनि सहभागी भएका थिए । उनीहरुले मुशायरामा उच्च कोटीका गजलहरु सुन्न पाइएको प्रतिक्रिया दिए ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार, सम्पादक एवं साहित्यकार नगेन्द्रराज शर्मा, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, वरिष्ठ कथाकार सनत रेग्मी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. हरि तिमिल्सेना, प्राज्ञ शभा सदस्य शशीराम कार्कीसमेतको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तुले समाजले आयोजना गर्दै आएको कविता श्रवणको श्रृंखला काव्यगन्जको तेस्रो अंकमा मुशायरा आयोजना गरिएको जानकारी दिए ।

यसैगरी सोही कार्यक्रममा विगत ५४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्तिका संस्थापक सम्पादक नगेन्द्रराज शर्मा र विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको शिवपुरी सन्देश पत्रिकाका पत्रिकाका प्रकाशक सम्पादक तथा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीका अनुभवहरु पनि सुनिएको थियो । स्रष्टा समाजकै विमर्श बिन्दु नामक अन्तक्रियात्मक कार्यक्रमको पाँचौ अंकमा शर्मा र वियोगीका अनुभवहरु सुनिएका हुन् ।

प्यानल छलफलमा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले जव साहित्यको आँखाले राजनीतिको ब्याख्या गरे । हलमा ताली गुन्जियो । उनले पहिलो अब्बल ब्यापार धर्म र दोस्रो अव्वल ब्यापार राजनीति बनेको चर्चा गर्दा सबैले सहमतीमा ताली बजाएका हुन् । उनले कुनै लक्ष्य बिना रहरले र लहडले साहित्यमा लागेको आफ्नो रहश्य पनि खोलेका थिए ।

समाजका अध्यक्ष बिपी अस्तुले सहजीकरण गरेको उक्त कार्यक्रममा शर्मा र बुढाथोकीले साहित्यिक पत्रिका सुरु गर्दाका र त्यसलाई निरन्तरता दिँदाका अनुभवहरु साझा गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १ : ४२ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित