८ बैशाख २०८३, मंगलबार | April 21, 2026

एम्स प्रेसिडेन्ट पाको नेपालगन्ज आउँदै



नेपालगन्ज । म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् ।

एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पहिलो पुर्णकालीन सदस्य हो ।

पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा दस बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोले अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि निवर्तमान उपमेयर उमा थापालाई संयोजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । संसारमा निकै लोकप्रिय मानिएको म्याराथन विधाको सर्वोच्च निकायको प्रमुख नेपालगन्ज आउनु खुशीको खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्यसचिव भिम ओलीले बताए ।

अध्यक्ष पाकोको भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगन्जमा नागरिक स्तरबाट छलफल चलाइएको छ । छलफल कार्यक्रममा बोल्दै नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाईट गराउने र स्थानीय कला संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाए । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीका लागि हाइप्रोफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगन्ज म्याराथनको अभियानमा साथसाथै अघि बढिरहने वाचा गरे ।

सुटिङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पुर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जोड्न पाउनु गौरवको बिषय भएको बताए । नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जोड्दै जानुपर्नेमा जोड गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ८ : ५६ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई